“गणतन्त्र र सङ्घीयताका सवालमा बोल्न संविधानले रोक्दैन”
राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले सांसदले बोलेको उक्त विषयप्रति आपत्ति जनाउँदै धर्म, गणतन्त्र र सङ्घीयताका सवालमा संसद्मा बोल्न पाउने व्यवस्था हुनुपर्ने माग गर्नुएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सो माग गरेपछि बैठकपछि विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरुबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरुले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गर्नुभयो ।
सांसद पन्तले यस्तो धारणा राखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गर्नुभयो । बैठकको विशेष समयमा बोल्दै उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गर्नुभएको हो ।
राप्रपा नेता राणाले आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको बताउँदै भन्नुभयो ‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं’,
उहाँले थप भन्नुभयो, धर्म निरपेक्षता र गणतन्त्र)विरुद्ध बोल्न संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ ।





प्रतिक्रिया राख्नुहोस्