जन सरोकारस्वास्थ्य

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।

विश्व स्वास्थ्य संगठन

डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको हो ।

तर, ‘बीए.२’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए.१ जस्तै भएको पनि पाभलिनको भनाइ थियो । बीए.२ ले बीए.१ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको बताउनुभयो ।

पाभलिनले ‘बीए.२ ले उछिन्न थालेका मुलुकमा हेर्ने हो भने अस्पताल भर्ना हुनेको संख्या सोचभन्दा बढी नभएको देखिरहेका र विद्यमान खोपले ओमिक्रोन र यसका सब भेरियन्टविरुद्ध निकै राम्रो काम गरेको पनि उहाँको भनाइ थियो ।

‘ओमिक्रोनसहित गम्भीर रोगविरुद्ध खोपले निकै राम्रो सुरक्षा दिएको छ’, पाभलिनले भने, ‘बीए.२ले बीए.१ लाई तीव्र रुपमा प्रतस्थापन गरिरहेको छ, तर थप तथ्य आवश्यक भए पनि यसको असर त्यति ठूलो हुने संभावना छैन ।‘

डेनमार्कसहितका मुलुकमा ओमिक्रोनको ओरिजिनल सब भेरियन्ट बीए.१ लाई बीए.२ ले प्रतिस्थापन गर्न थालेपछि पाभलिनको पछिल्लो भनाइ आएको हो । उहाँका अनुसार बीए.२ले बीए.१ सब भेरियन्टलाई विश्वभर प्रतिस्थापन गर्न सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.