राजनीति

गृह मन्त्रालयबारे निर्णय गर्न रास्वपाले दियो दुई दिन

सत्ता गठबन्धन अघि नै सहमति भएको गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिन सो पार्टीले प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ ।

पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहरिएर उपपधान तथा गृहमन्त्रीको पद गुमेपछि सो पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीको भागमा आउनुपर्ने माग राख्दैआएको छ ।

सर्वोच्चको फैसलापछि नेपाली नागरिकता पुनः लिनुभएका सभापति लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटे पनि प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गर्नुभएको थियो ।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक नभएपछि बिहिबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले दुई दिनको समय दिएको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर २ दिनको समय मागेकाले पर्खिने निर्णय गरेको जानकारी दिनुभयो ।

वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.