जन सरोकार
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार (फोटोहरु)

पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एकजना व्यक्तिको सशस्त्र प्रहरीले माघ २० गते सकुशल उद्वार गरेको छ ।
कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
सो बारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करीव १५ मिटर तलबाट सशुकल उद्वार गरेको हो ।
उद्वार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाइएको छ । उद्धारपछि उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्