जापान

म्यानमारमा आपतकालिन अवधि बढाएकोमा जापान चिन्तित

म्यानमारमा आपतकालको अवधि लम्ब्याएकोमा जापानले चिन्ता व्यक्त गरेको छ । बुधबार आपतकाल थपिएको समाचार सार्वजनिक गरेसँगै म्यान्मारको यो कदमदेखि जापान चिन्तित रहेको बताइएको हो ।

जापानका विदेशमन्त्री हायासी योशिमासा

जापानका विदेशमन्त्री हायासी योशिमासाले म्यानमारको सेनाले आङ सान सुकी सहित सबै बन्दीहरुको रिहाई जस्ता राजनीतिक प्रगति गर्न असफल भएको बताउँदै चिन्ता व्यक्त गर्नुभएको हो ।

हायासी भन्नुभयो, अन्तर्राष्ट्रिय समुदायले हिंसा अन्त्य गर्न बारम्बार अपील गरे तापनि म्यानमारमा ठूलो संख्यामा हताहत भएको अवस्थाको जापानले कडा आलोचना गरेको छ।

उहाँले म्यानमारमा शान्ति र स्थिरता पुनर्स्थापनाका लागि हिंसा त्यागेर शान्तिपूर्ण समाधानतर्फ लाग्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै म्यानमारका जनतालाई जापानले मानवीय सहयोग जारी राख्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.