जन सरोकार

झारफुक गर्ने वहानामा भारतीयबाट बालिकाको बलात्कार

बारामा एक भारतीय नागरिकले झारफुकको वहानामा १४ वर्षीया बालिका बलात्कार गरेका छन् । बिरामी बालिकालाई झारफुक गर्ने बहानामा पीडितको कोठामा लगेर बलात्कारपछि आफन्त र स्थानीयले नियन्त्रणमा लिएर उनलाई प्रहरीमा बुझाएका थिए ।

बलात्कारका कारण अत्यधिक रक्तश्रावका कारण पीडित घाइते बालिकालाई कलैया अस्पतालमा उपचारपछि हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ । भारतको राजस्थान, बुन्दी जिल्लास्थित सिनता घर भएका वर्ष ५३ को रामेश्वर भन्ने हरिनारायण शर्मालाई प्रहरीले कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वाबाट आइतबार राति पक्राउ गरेको हो ।

झारफुक गर्ने भन्दै घरको कोठामा लगेर बलात्कार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएका शर्मालाई आफन्त र स्थानीयले राति ११ बजे इलाका प्रहरी कार्यालय कोल्हवीबाट पुगेको प्रहरी टोलीलाई बुझाएका हुन् ।

लामो समयदेखि गाउँका बिरामीको झारफुक समेत गर्दै आएका शर्मा बालिकाका बुवाले बोलाएपछि उपचार गर्न भन्दै साँझ घरमा पुगेको र सोही क्रममा कोठाभित्र लगेर बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

अत्यधिक रक्तश्रावका कारण अस्पतालमा राखेर उपचारपछि बालिकालाई प्रहरी कार्यालयमा राखिएको उपरीक्षक मिश्रले जानकारी दिनुभयो। स्थानीय र आफन्तको कुटपिटका कारण शर्मा पनि सामान्य घाइते छन्।

शर्माले स्थानीय रामजानकी मठमा बसेर विगत १५ वर्षदेखि कोल्हवी क्षेत्रमा झारफुकको काम गर्दै आएका थिए। शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध संहिता २०७४ अनुसार मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.