विश्व समाचार

पुटिन र म्याक्रोनद्वारा युक्रेन र सुरक्षा प्रस्ताव माथि छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनले बिहीबार फोन वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।

क्रेमलिनले विज्ञप्ति जारि गर्दै युक्रेन वरपरको अवस्था र रुसको सुरक्षाको लागि दीर्घकालीन कानुनी ग्यारेन्टीहरू विकास गर्न रुसी पहलसँग सम्बन्धित मुद्दाहरूमा ठोस वार्ता जारी” रहेको उल्लेख गरेको छ ।

यसैबीच रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्या बढेको पनि पाइएको छ ।

रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.