जापान

जापानले भन्यो नेपालको संविधान प्रगतिशील र समावेशी

नेपालको विकासको सबभन्दा ठूलो साझेदार मुलुक जापानले नेपालको संविधान प्रतिशील र समावेशी रहेको बताएको छ । मंगलबार प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले भेटेर बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा सो कुरा राख्नुभएको हो ।

सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच छ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पुर्‍याउँदै आएको विषयमा पनि उहाँहरुले स्मरण गर्नुभएको थियोे ।

भेटका अवसरमा सभामुख सापकोटाले नेपालको विकासमा जापानबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । राजदूत साइगोले केही समयअघि जापानी संसदीय महिला प्रतिनिधिमण्डबाट भएको नेपाल भ्रमणको प्रसङ्ग उल्लेख गर्दै नेपालको संविधान प्रगतिशील र समावेशिताका हिसाबले उच्च कोटिको रहेको प्रतिक्रिया आफूले पाएको बताउनुभयो । यसअघि उहाँ सभामुखमा निर्वाचित हुनुभएकामा भारत र चीनका तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.