जापान

योकोहामा खाडीमा रहेको क्रुजका यात्रुमा कोरोना संक्रमण : सबैलाई क्रुजभित्रै राखियो

चीनबाट फैलिएको कोरोना भाइरसबाट संक्रमितहरुको ठूलो संख्या क्रुजमार्फत जापान पुगेपछि जापानी अधिकारीहरुले उनीहरुलाई क्रुजमै बस्न आदेश दिएका छन् । समाचार अनुसार टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजका १० जना यात्रुमा कोरोना भाइरस देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका २ सय ७३ जनाभन्दा बढीको स्याम्पल जम्मा गरिएकोमा १० जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अरू यात्रुमा संक्रमण भयो, भएन भन्नेबारे थाहा हुने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जापानमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानी न्युज एजेन्सी क्योदोका अनुसार जापान सरकारले जहाजमा रहेका ५६ देशका यात्रुलाई कम्तीमा पनि दुई हप्ता क्रुजमै राख्नेछ। क्रुजमा थप खानेकुरा र अन्य सामग्री पठाउन लागिएको जापानी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.