जन सरोकार

बस र ट्रक ठोक्किदा लाग्यो आगो, तीनजनाको मृत्यु

शुक्रबार राति सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदा आगो लागेको थियो ।

मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुवै सवारीका चालकको शव जलेको छ । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तगर्त कोशी गाउँपालिकाको लोकहीमा रहेको खुनियामा ट्रक र बस एकआपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाले बताउनुभयो ।

एसपी थापाका अनुसार पूर्वको काकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खाएपछि आगलागी भएको थियो ।

दुर्घटनालगत्तै बसमा सवार अन्य यात्रुको उद्दार गरिएकाले थप मानवीय क्षति हुन पाएन । घाइतेमध्ये केही सामान्य उपचारपछि घर फर्किएका छन् भने १६ जना घाइतेहरुको विराटनगरस्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको अझैसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.