राजनीति
समर्थन यथावत राख्दै सरकारबाट बाहिरिने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उहाँ पदमुक्त हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्