राजनीति

ललिता निवास जग्गा प्रकरणमा गच्छदार मुछिएपछि कांग्रेसबाट संसद अबरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाउनुभयो । आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।

नेत्री भुसालले भन्नुभयो, “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो रु”

भुसालले ‘उक्त प्रकरणमा देखाइएको भेदभाव’को विरोधमा आज बैठकको कारवाही चल्न नसक्ने भनेपछि सो दलका सांसद् उभिनुभएको थियो । सभामुख अग्निप्रसाद सापाकोटाले काँग्रेसका तर्फबाट आएको धारणातर्फ सम्बन्धित निकायको ध्यान गएको होला भन्दै संसद्ले धेरै विधेयक अगाडि बढाउनुपर्ने भएकाले बसिदिन र सदन सञ्चालनका लागि सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहेपछि सभामुखले बैठक स्थगन गर्नुभयो ।

प्रमुख प्रतिपक्षीले अवरोध गरेको स्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख सापकोटाले यही माघ २४ गते अपराह्न १ बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।

बालुवाटार जग्गा प्रकरण : विजय गच्छेदारसहित एक सय ७५ जनामाथि भ्रष्टाचार मुद्दा

ललिता निवास जग्गा प्रकरणमा कसले कतिको भाग भ्रष्टाचारको आरोप ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.