राजनीति

एमसीसीमा एमालेकाे पूर्व अडान कायमै, संसद चल्न सभामुखले बाटो खोल्नुपर्ने

सात महिनापछि बालुवाटार प्रवेश गर्नुभएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसंग औपचारिक छलफल गर्नुभयो ।

छलफलमा अध्यक्ष ओलीले मूल एजेण्डा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा ठोस कुरा राख्नुभएन भने सदन सुचारु हुन सभामुखको राजीनामा आउनुपर्ने अडान राख्नुभयो ।

महासचिव शंकर पोखरेललाई लिएर बालुवाटार पुग्नुभएका ओलीले एमसीसीमा सत्ता पक्षले आफ्नो दृष्टिकोण राखेपछि बोल्ने बताउनुभयो ।

यस विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पछाडि मात्र अगाडि बढाउन एमाले समेत भएर प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनका लागि सहयोग मागे भने प्रचण्डले सत्तापक्षी प्रतिपक्ष मिलेर एमसीसीलाई चुनाव पछाडि मात्रै अगाडि बढाउने प्रस्ताव गर्नुभएको थियो ।

छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेले संसदमा जारी अवरोध खोल्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले संसदको अवरोध खोल्न सत्तापक्ष तयार हुनुपर्ने बताउँदै माधव नेपाल सहितका १४ जना सांसदलाई संसदमा उपस्थित गराउँदासम्म एमाले संसदको कामकारबाहीमा सामेल नहुनेबताउनुभएको थियो ।

१४ जना सांसदलाई एमालेले गरेको कारबाहीको सूचना टाँस्न नसक्ने भए सभामुखले मार्गप्रशस्त (राजीनामा) दिनुपर्ने अन्यथा संसद नखुल्ने एमालेको अडान कायमै रहने ओलीले बताउनुभएको छ ।

बैठकमा अध्यक्ष ओलीले भन्नुभयो ‘प्रतिनिधिसभामा हाम्रो उपस्थितिका लागि सत्तापक्षले वातावरण बनाउनुपर्छ । त्यो नहुँदासम्म प्रतिनिधिसभाको कारबाहीमा हामी समेल हुँदैनौं र अहिलेसम्म जे भइरहेको छ त्यही हुन्छ ।’

बैठकमा एमालेले स्थानीय तहको निर्वाचन तोक्न दबाब दिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक ४ जेठमा चुनाव गर्ने प्रस्ताव गरेको छ, तर सरकारले मिति घोषणा गरेको छैन । आइतबार भएको छलफलका क्रममा प्रधानमन्त्री देउवाले छिट्टै मिति तोकिने बताएको एमाले महासचिव शंकर पोखरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.