राजनीति

गालीगलौजमा उत्रने रवि लामिछानेको जाँच गरौं : रावल

आफूलाई केही संचारमाध्यमका मालिक र पत्रकारहरुले एकोहोरो आधारहीन विषयमा लखेटेको भन्दै आक्रोश पोखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने मागा नेकपा एमालेका नेता भीम रावलले गर्नुभएको छ ।

लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी नेपाली पत्रकारिताभित्र भैरहेको नाजायज खेल कसरी हुन्छ भन्दै लामो टिप्पणी गरेपछि नेता रावलले सोमार ट्वीट गर्दै लामिछानेको जाँच गर्नुपर्ने बताउनुभएको हो ।

रावलले ट्वीट गर्दैै लेख्नुभएको छ, “राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं” ।

उहाँले लामिछानेको कस्तो जाँच गर्नुपर्ने स्पष्ट नपारे पनि उहाँको ट्वीटको आशय सम्भवतः मानसिक अवस्थाको जाँच गर्नुपर्ने संकेत गर्दै टिप्पणी गर्नुभएको देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.