क्रिकेटखेल

टी–२० विश्व वरियतामा दीपेन्द्र छैटौं स्थानमा यथावत्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ छैटौं स्थानमा यथावत् रहेका छन् ।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका हुन् । यसअघि गत महिना पनि उनी अलराउन्डरतर्फ छैटौं स्थानमै रहेका थिए ।

आइसीसीले जारी गरेको वरियताअनुसार पाकिस्तानका साईम अयुब पहिलो स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा, भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा रहँदा पाकिस्तानका मोहम्मद नावज चौथो र पाँचौंमा वेस्ट इन्डिजका रोस्टन चेज रहेका छन् ।

नेपालका दीपेन्द्रसिं ऐरी छैठौं स्थानमा रहँदा सातौं नम्बरमा अफगानिस्तानका अज्मतुल्लाह ओमारजाई, आठौंमा अफगानिस्तानकै मोहमद नाबी भारतका शिवम दुबे नवौं स्थानमा र वेस्ट इन्डिजका रोमारियो शेफर्ड दशौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.