जन सरोकार

पक्राउ पर्ने भएपछि बमजम आश्रमबाटै गायब- चार गुरू नियन्त्रणमा

हत्या, हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बमजन सिन्धुली आश्रमबाट भागेका छन् । शुक्रबारा विहान उनलाई पक्राउ गर्न प्रहरी पुगेपनि बमजम भागेको प्रहरीले बताएको छ ।

worldondemand
mirai-life

बिहिबा अदालतबाट पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो । बिहीबार रातिसम्म आश्रममै रहेको सूचनाका आधारमा प्रहरी पक्रन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

आश्रममा रहेका ४ जना गुरूहरूलाई नियन्त्रणमा लिइएको र बमजमको खोजीकार्य जारी आवश्यक परे कुकुरसमेत परिचालन गरेर खोज्ने बताइएका छ ।

बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजिरहेको छ । बिहीबार सर्लाही जिल्ला अदालतको अनुमति लिएर शुक्रबार बिहान बमजन आश्रम पुग्दा उनको मूलघरमा ताला लागेको प्रहरीले बताएको छ ।

बमजन एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ । बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् ।

सम्बन्धित खबर

Back to top button