राजनीति

"जीवनमा त्यत्रो पैसा आजसम्म देखेको छैन- अब जेलमै मर्नुको विकल्प छैन"

८२ वर्षीय बयोवृद्ध वाम राजनीतिज्ञ चन्द्रदेव जोशीले जीवनमा दुःखी गरीबका लागि राजनीति गर्छु भनेर आफू स्वयं गरीबको गरीब नै रहँदा पनि झण्डै आठ करोडको भ्रष्टाचार मुद्दा लाग्ला भनेर कल्पना पनि गर्नुभएको थिएन । तर बालुवाटारको ललिता निवास प्रकणमा उहाँ मुछिनु भयो र बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्यो ।

मुद्दा दायर भएपछि उहाँको दुःखसो रह्यो अब जेलमै मर्नुको विकल्प रहेन । किनभने उहाँसंग विगो बराबर धरौटी राख्ने सम्पत्ति छैन ।

उहाँले भन्नुभयो- “जिन्दगीका यत्रा वर्षहरु भोकभोकै देशका लागि केही गरौं भनेर राजनीति गरियो अहिले जुन किसिमको थिति बसेको छ र जुन किमिसका अनुसन्धान भयो, यसले अचम्भित भएँ । उनीहरुले अनुसन्धान गरेका छन् त्यो अनुसन्धानको विधि र प्रक्रिया कस्तो थियो त्यो उनीहरुले जान्ने कुरा हो । करिब करिब आठ करोडको मुद्दा छ । मसंग भएको सम्पत्ति भनेको २०३६ सालमा ८ आनामा बनेको घर छ यतिले पुगे राख नपुगे जेल हाल भन्नुको विकल्प छैन । ८२ वर्षको भएको छु अब मुद्दा टुंगिदासम्म जेलमै मर्छु होला ।”

हुन पनि जोशी जस्ता नेतामाथि अभियोग लगाउने तर बालुवाटारको जग्गा नै किन्नेहरुले उन्मुक्ति पाएपछि आलोचना सुरु भएको छ ।  विशेष गरी सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छाराले जग्गा फिर्ता गर्छु भनेकाले मुद्दा दायर नगरिएको अख्तियारको अभियोगपत्रमा लेखिएपछि बढी आलोचना भएको हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला चार महिना भूमिसुधार मन्त्री हुनुभएका जोशीले आफू अब जेलमै मर्ने दुखेसो गर्नुभएको छ ।अदालमा मुद्दा चलेपछि आफूसंग धरौटी राख्ने सम्पत्ति नभएको भन्दै उहाँले ‘यत्रो बिगो बमोजिमको धरौटी राख्ने मसँग सम्पत्ति पनि छैन र बिगो बमोजिम जेल राखियो भने मसँग जेलमै मर्नुबाहेक कुनै उपाय नभएको बताउनुभएको छ ।

७ करोडभन्दा बढीको भ्रष्टाचारको मुद्दा दायर भएपछि जोशीले बिएल नेपाली सेवासँगको कुराकानीमा भन्नुभयो त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो । सुदूर पश्चिमको दार्चुलामा जन्मेका जोशी लामो संघर्षपछि गरिबी छिचोलेर नेकपा (संयुक्त)को अध्यक्ष र

कुराकानीका क्रममा उहाँले भन्नुभयो मुद्दा दायरपछि मात्र आफूमाथि अभियोग लाग्दै छ भन्ने जानकारी पाएको बताउँदै भन्नुभयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दिन फोन गरेर केही सोध्नु थियो भनेर डाकेको थियो । पत्र पनि नकाटी बोलाएर मौखिक रुपमा मन्त्री छँदा अगाडि बढाएको फाइलबारे सामान्य सोधपुछ गरेको थियो । यसबारे आफूले तत्कालीन सचिव दिनेशहरि अधिकारीलाई फोन गरी सोधेको र उहाँले केही होइन, सामान्य हो भन्नुभो । मलाई त त्यो के विषय थियो भन्ने पनि जानकारी थिएन ।’

‘अब के गर्नुहुन्छ त ?’ भन्ने जिज्ञासा जोशीले भने, ‘अब मैले के गर्नुरु जे गर्छ, अदालतले गर्छ। पैसा तिरेर वकील राख्नसक्ने हैसियत मसँग छैन । म केही गर्न सक्दिनँ ।’

https://www.facebook.com/breaknlinksnp/videos/1421404498041944/
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.