राजनीति

प्रधामन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार नभएकै हो ?

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ र सत्ता गठबन्धन बन्नुअघिको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपतिमा दावी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने अभिव्यक्ति दिइरहनुभएको छ ।

राष्ट्र्रिय सहमति गर्ने भए पनि नेकपा एमालेका उम्मेदवारमै सहमति हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी छ भने प्रधानमन्त्री प्रचण्ड पनि एमालेलाई राष्ट्रपति दिने मनसायमा रहनुभएको छैन ।

एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेको भए पनि प्रधानमन्त्री प्रचण्ड पूर्व सहमतिबाट बाहिरिए कांग्रेससंग राष्ट्रपतिका विषयमा नजिक हुन थाल्नुभएको आभाष प्रचूर भैरहँदा दुई नेताबीचको निरन्तर भेटघाट भैरहेको छ ।

प्रधानमन्त्रीलाई राष्ट्रपति आफ्नो पक्षबाट पार्न नेपाली कांग्रेसले निरन्तर फकाइरहेको छ । यसका लागि सरकारलाई समर्थन दिएको छ भने राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नै दिएन ।

प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसको यो गुणको ऋण तिर्न चाहनुभएको छ । यसले वर्तमान सत्ता गठबन्धन संकटमा परे पनि कांग्रेसको समर्थन रहेका कारण प्रधानमन्त्री पद नगुम्नेमा प्रचण्ड ढुक्क हुनुहुन्छ ।

कांग्रेसले राष्ट्रपति पाउन गरिरहेको चलखेल, सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता वहिर्गमन र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको तालमेल नहुँदा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच भेटघाट बाक्लिएको छ ।

यसै क्रममा आज मंगलबार दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.