जन सरोकार

साथीको फेक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ

आफ्नै केटी साथीको नाममा फेक आइडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका-४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुक, इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक फेसबुक एकाउन्ट खोली पीडितको फोटो, स्टाटस अपलोड गरी केटा साथीहरुलाई म्यासेन्जर मार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा इसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतिय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान एवं कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटि काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.