जापान

स्व. बर्सिलाको परिवारलाई गोर्खा समाजबाट संकलित रकम हस्तान्तरण

गोरखा समाज जापानले २०२१ जनवरी ५ तारिख जापानको फुकुओका शहरमा आफ्नै कोठामा मृत भेटिएका स्व. सुजन बर्सिलाको परिवारलाई संकलित सहयोग रकम पठाएको छ।

सहयोग अभियानमा जापानस्थित विभिन्न संघ,संस्था र सहयोगी महानुभावहरुको सहयोग रहेको बताइएको छ। समाजका उपाध्यक्ष मनिष अमात्यको संयोजकत्वमा संचालन भएको अभियानबाट संकलित रकम नेपाल पठाइएको समाजका अध्यक्ष चुडामणी भट्टराईले बताउनुभयो ।

सहयोग संकलन अभियानका क्रममा गोरखा समाज जापानको बैङक खातामा संकलित कुल रकम रु ९,८९,५२९ र ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष नारायण भट्ट र कोषाध्यक्ष आकाश बन्जाराले नेपालमा नै स्व बर्सिलाको बुबाको बैङक खातामा क्रमश १०, १० र ४० हजार गरी जम्मा रु. ६० हजार अगाडि नै जम्मा भएको पनि जनाइएको छ ।

समाजले आज माघ २६ गते स्व. बर्सिलाको जन्मस्थानमा समाजका तर्फबाट प्रतिनिधिका रुपमा सामाजिक व्यक्तित्व चित्र कुमार श्रेष्ठ मार्फत गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको रोबहरमा पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटा, वडा अध्यक्ष लगायत अगुवाहरुको उपस्थितिमा दश लाख ४९ हजार ५ सय २९ रुपैयाँ स्व. बर्सिलाका पिता शिवहरी बर्सिलालाई सामाजिक व्यक्तित्व चित्र कुमार श्रेष्ठको नाममा रहेको चेक मार्फत हस्तान्तरण गरिएको छ ।

समाजले बाँकी फुकुओका क्षेत्रमा गैरआवासिय नेपासी संघ क्षेत्रीय समिति क्युस्सु र फुकुओका नेपाली सोसाईटीको संक्रियतामा संकलित भएको सहयोग रकम ४,६८,४३३ बाट दाहसंस्कारको लागि फुकुओका नेपाली सोसाईटीको बैङक खाताबाट खर्च भएको १,७८,१०० कटाएर केही दिनभित्र बाँकी रकम २,९०,३३३ पनि पठाइने सचिव विराट खनालले जानकारी गराउनु भएको छ ।

संयोजक समेत रहनु भएका उपाध्यक्ष अमात्यले गोरखा समाज जापानले सन्चालन गरेको अभियानमा साथ, सहयोग र सहभागिता जनाऊनु हुनु जापानस्थित विभिन्न संघ, संस्था, महानुभावहरु, एनआरएनए क्युस्सु क्षेत्रिय समिति, फुकुओका नेपाली सोसाईटी र ग्लोबल गोरखा समाजका सहयोगीदाताहरु प्रति समाज र अभियान संयोजकको तर्फबाच आभार प्रकट गर्नु भएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.