जन सरोकार

फागुन ३ गते नेपाली विद्यार्थी लिन वाइड बडी चीन जाने

सरकारले फागुन ३ गते चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश ल्याउन वाइडबडी जहाज पठाउने भएको छ । कोरोना संक्रमित वुहानमा रहेका १ सय ८० नेपालीले स्वदेश फर्कन फारम भरेका छन् ।

उनीहरुलाई लिन पाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान फेब्रुअरी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । सोका लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.