फागुन १९ गतेबाट काठमाडौं-नारिता सिधा उडान : एकतर्फी भाडा ३७ हजार

नेपाल एयरलाइन्सले फागुन १९ अर्थात मार्च २ देखि उडान गर्ने काठमाडौबाट जापानको राजधानी टोकियो नजिकै रहेको नारितासम्मको एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ । एयरलाइन्सले प्रारम्भमा प्रवर्द्धनात्मक भाडादर एकतर्फी ३७ हजार तोकिएको जानकारी दिएको छ ।
र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ केजीका २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ केजीका २ वटा व्यागेज सुविधा पाउने भएका छन् ।
अहिले जापानको ओशाकामा उडान गरिरहेको नेपाल एयरलाइन्सले अब भने ओशाका उडान स्थगित गरी नारितामा शुरु हुने भएको हो । काठमाडौंबाट सातामा तीन दिन जापानका लागि सिधा उडान हुने भएको छ । यस रुटमा एयरवसको वाइडबडी जहाज ए३३० जहाज उड्नेछ ।
सोमबार, बुधबार र शुक्रवार काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने छ । सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्