जापान

जापानका राजदूतद्वारा प्रसूति भवन उद्घाटन

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाकोसुविधासहितको प्रसूति भवनको उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युताका तथा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले शुक्रबार एक समारोहबीच संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।

नेपालका लागि जापानका राजदूत किकुता युताका

दूतावाससँग भएको सम्झौताअनुसार सन् २०१९ सेप्टेम्बर २७ तारिखमा सम्झौता भई ३१ अगस्ट २०२१ मा सम्पन्न गर्नुपर्ने भएपनि विश्वभर फैलिएको कोभिड–१९ का कारण म्याद थप भई २०२२को मार्चमा उक्त भवन जापान सरकारको लगानीमानिर्माण सम्पन्न भएको हो ।

सो अवसरमा मन्त्री आचार्यले नेपाल र जापानबीचको दौत्य सम्बन्धको इतिहास निकै सुखद् रहेको बताउनुभयो । उहाँले यहाँका जनताको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जापानी राजदूत युकाताले भवनको उच्चतम प्रयोग गर्न आग्रह गर्नुभयो । विगतमा जस्तै आगामी पुस्ताले राम्रो र सुखी जीवन बिताउन् भन्ने चाहना राख्ने अभिभावकको माया आज पनि त्यत्तिकै रहेको बताउँदै उहाँले त्यो चाहना पूरा गर्नका लागि नेपाल परिवार नियोजन सङ्घले बच्चाको सुरक्षित जन्म र हुर्काइ सुनिश्चित गर्न तथा आमाको स्वास्थ्यको सुरक्षा गर्न जिल्लामा प्रसूति भवन सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

दाङलगायत छिमेकी जिल्लाका नागरिकको स्वास्थ्यमा सुधार ल्याउन जापानी दूतावासले गर्भवतिको सुरक्षित प्रसूति सेवा र नवजात शिशुको सुस्वास्थ्यका लागि आवश्यक चिकित्सा उपकरणको व्यवस्थालगायत उक्त परियोजनामार्फत दाङको प्रसूति भवन निर्माण गर्न सहयोग गरेको राजदूत युकाताले अवगत गराउनुभयो ।

जापान सरकारले गरेको रु एक करोड बराबरको आर्थिक सहयोगमा ८० लाख भवन निर्माण गरिएको हो । रु २० लाख बराबरको सेवा विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक पर्ने क्लिनिकल औजार व्यवस्थापन गरिएको छ ।

उक्त रकमबाट पाठेघरको मुखको क्यान्सर भएका बिरामीका लागि क्रायो मेसिन, अल्ट्रासाउन्ड मेसिन, प्रसूति शय्या, प्रयोगशाला सेवा विस्तारका लागि सेमी अटोएनालाइजर, माइक्रोस्कोप, सेन्ट्रिफयुजलगायत स्वास्थ्य सामग्री खरिद गरी सेवा बिस्तार भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.