खेलफूटबल

रियल मड्रिडले जित्यो फिफा क्लब विश्वकपको उपाधि

साउदीको अल हिलाललाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति साउदीको अल हिलाललाई ५-३ ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन बनेको हो ।

रियल मड्रिड

प्रिन्स अब्देल्लाह स्टेडियममा भएको खेलमा खेलको १३ औं मिनेटमा भिनिसियस जुनियर ले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १८ औं मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर बनाए । यता खेलको २६ औं मिनेटमा अल हिलालका मोउसाले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

पहिलो हाफ २-१ मा सकिएको खेलमा खेलको ५४ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए । यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५८ औं मिनेटमा फेडेरिको गोल मार्फत रियल मड्रिड ४-१ ले अघि रह्यो । तर खेलको ६३ औं मिनेटमा हिलालका लुसियानो भिट्टोले गोल गर्दै खेललाई ४-२ को स्थितिमा ल्याए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ६९ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ५-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा हिलालका भिट्टोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५-३ को स्थितिमा ल्याए भने त्यो ढिलो भइसकेको थियो र खेल रियल मड्रिडले ५-३ ले जित्दै उपाधि हात पार्यो । रियलले कीर्तिमानी पाँचौं पटक क्लब विश्वकपको उपाधि जितेको हो । त्यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा अल अहलीलाई ४-२ ले पराजित गर्दै ब्राजिलको फ्लामेन्गोले तेस्रो स्थान हासिल गर्यो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.