नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पिएलएल) टोली इस्लामावाद युनाइटेडमा आबद्ध भएका छन् ।
बुधबार भएको अक्सनमा ऐरीलाई इस्लामावाद युनाइटेडले पाकिस्तानी रुपैयाँ ६० लाख (नेपाली ३१ लाख १० हजार) मा आबद्ध गरिएको हो।
यसअघि पिपिएलमा सन्दीप लामिछानेले खेलिसकेका छन् । दीपेन्द्र सन्दीपपछि पाकिस्तानबाट खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् भने समग्रमा उनको यो विदेशी लिगमा तेस्रो आबद्धता हो ।
टी २० आईमा अलराउण्डतर्फ छैठौं बरियतामा रहेका ऐरी यसअघि क्यानडाको ग्लोबल टी २० लिग र यएईको आइएल टी २० लिगको टिममा पनि आबद्ध भएका थिए।
२०२६ को पिएलएलमा पहिलो पटक आठवटा टोली सहभागी हुनेछन्। पाँचवटा पुराना टोलीले आफ्नो ११ औँ सिजन खेल्नेछन् भने तीनवटा नयाँ टोलीहरूले यसै संस्करणमार्फत प्रतियोगितामा डेब्यु गर्नेछन्। अघिल्लो सिजनमा छैटौँ स्थानमा रहेको मुल्तान सुल्तान्स भने यसपटकको प्रतियोगितामा सहभागी हुने छैन।
२०२६ को सिजन २६ मार्चदेखि ३ मे २०२६ सम्म सञ्चालन हुनेछ। यो नयाँ तालिका अघिल्लो वर्षको (अप्रिल-मे) तुलनामा केही अगाडि सारिएको छ। विशेष गरी फेब्रुअरी र मार्चमा भारत र श्रीलङ्कामा आयोजना भइरहेको २०२६ पुरुष टी २० विश्वकपका कारण यो समय तालिका परिवर्तन गरिएको हो।





प्रतिक्रिया राख्नुहोस्