कर्पोरेट/पर्यटन

स्थानीयवासीको अवरोधका कारण सप्तकोशीमा चल्ने सातवटा जेट बोट बन्द

सरकार नेपाली नदीहरुमा पानी जहाज चलाउने योजना बनाइरहँदा देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीमा भने चलिरहेको जेट बोट बन्द भएको छ । स्थानीयवासीको अवरोध तथा व्यावसायिक असुरक्षा बढेको भन्दै बोट सञ्चालकले बुधबारदेखि सात वटा जेट बोट अनिश्चित कालका लागि बन्द भएका छन् ।

ती जेट बोटले कोशी पुलदेखि बराहक्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका थिए । स्थानीयवासीले जथाभावी चन्दा उठाउने, कमिशन माग्ने तर सरकारले रोक्न कुनै कदम नचालेको भन्दै बन्द गर्नुपरेको व्यवसायीको गुनासो छ । वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले साना–ठूला गरेर सात जेट बोट संचालनमा थिए

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले नदीमा पानीजहाज सञ्चालनका लागि प्रधानमन्त्रीले प्रतिबद्धता जनाएअनुसार करोडौँ खर्च गरेर सेवा विस्तार गरे पनि व्यावसायिक सुरक्षा नभएका कारण बन्द गर्न बाध्य भएको बताउनुभएको छ ।

बोट सेवा बन्द भएपछि भोजपुर, खोटाङ, धनकुटाबाट तराई आउजाउ गर्ने दैनिक ७०० यात्रुलाई समस्या भएको छ । चतराबाट बराह क्षेत्र मन्दिर १० मिनेटमा यात्रा गर्दै आएका यात्रु समस्यामा परेका छन् । कूल १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हँँदै आएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.