खेल

पटवाल स्वदेश फर्कदै, पारसद्वारा धन्यवाद ज्ञापन : तत्कालको जिम्मेवारी जगत टमाटालाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षकबाट राजीनामा दिनुभएका उमेश पटवाल शुक्रबार भारत फर्कने हुनुभएको छ । काठमाडौंमा सम्पन्न नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय श्रृखंलाको पूर्वसन्ध्यामा राजीनामा दिनुभएका पटवाल श्रृखंला सम्पन्न भएपछि स्वदेश फिर्ता हुन लाग्नुभएको हो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षक पटवालको राजीनामा पुष्टि गर्नुहुँदै उहाँ शुक्रबार नै भारतको लागि प्रस्थान गर्नुहुने र छिट्टै नै आईसीसीसँग सहकार्य गरेर नयाँ प्रशिक्षकको व्यवस्थापनको प्रकृया अगाडि बढाइने बताउनुभएको छ । क्रिकेट संघले तात्कालका लागि जगत टमाटालाई नै प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको महासचिब प्याकुरेलले खुलाउनुभयो ।

यसैबीच नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवम् अलराउण्डर पारस खड्काले पटवालको प्रशिक्षणमा क्रिकेटरको रुपमा विकसित हुन पाएकोमा धन्यवाद दिंदै भविष्यमा सहकार्यको अपेक्षा समेत गर्नुभएको छ ।

नेपाल क्रिकेट संघ निलम्बनमा हुँदा पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मासिक सात हजार अमेरिकी डलरमा नेपालको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । आईसीसीले २०७६ जेठ २० गतेदेखि लागू हुने गरी पटवाललाई एक वर्षका लागि प्रमुख प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो । उहाँले आईसीसी समक्ष राजीनामा दिएर बोधार्थ राष्ट्रिय खेलकूद परिषद र नेपाल क्रिकेट संघलाई बुझाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.