राजनीति

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहनुभएका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित तथा सहयोगबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ । ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि समन्वय र सहकार्य गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.