मोबाइलमा टिकट नम्बर मात्र लिएर विमानस्थल पस्न नपाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरुले सोमबार साँझसम्म आन्तरिक उडानका यात्रुहरुले मोबाइल वा अन्य यन्त्रमा आफूले यात्रा गर्ने गन्तव्यसम्मको विमानको टिकट नम्बर देखाएर जान पाएका थिए भने मंगलबार विहानैबाट सो प्रावधान हटेको छ ।

आन्तरिक उडानका यात्रुले मंगलबारबाट टिकट नम्बर हैन छापिएको टिकट नै देखाउनुपर्ने छ । रातारात भएको नियम परिवर्तनले मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् ।
वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् ।
विमानस्थलका महाप्रवन्धक भोला गुरागाँईले मोवाइलमा ‘टिकट नम्बर’ मात्र लिएर आउने यात्रुलाई रोकिएको तर मोबाइलमा टिकट डाउनलोड गरी आउने यात्रुले प्रवेश पाउने जानकारी दिनुभएको छ ।
नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहितको ठेगाना ार परिचय स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्