कला/मनोरन्जन

अस्ताए ‘डिस्को डान्सर’ संगीतकार बप्पी

भारतीय चलचित्रमा डिस्को संगीतका बादसाहका रुपमा विश्वविख्यात संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ । एक महिनादेखि अस्वस्थ बप्पीको मंगलबार मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

डिस्को डान्सर चलचित्रबाट सर्वाधिक चर्चामा आउनुभएका बप्पीको ६९ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो एक महिनादेखि बिरामी बप्पीलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित ‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् ।

२७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा जन्मनुभएका बप्पी संगीत तथा गायनमा चमक ल्याउन सिपालु बप्पीको भेषभुषा पनि त्यस्तै उत्कृष्ट हुने गर्दथ्यो । उहाँको गला र हात सुनका गहनाले ढाकिएका हुन्थे ।

बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button