जन सरोकारस्वास्थ्य

जोन्सनको खोप लगाएकाहरुलाई पनि बुस्टर डोज

एक मात्रा मात्र लगाए पुग्ने अमेरिकामा बनेको जोन्सन एण्ड जेन्सनको खोप लगाएकाहरुहरुलाई पनि बुस्टर डोज लगाउन मिल्ने बताएको छ ।

सरकारले जेन्सनको खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने र सोही खोप, नभए कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने जानकारी दिएको छ ।

विभिन्न जिल्लाहरुबाट जे एण्ड जे खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै जोन्सन लगाएको छ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने जानकारी दिएको हो ।

कोभिड १९ विरुद्धको अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले छ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने मन्त्रालयको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.