स्थानीयतह निर्वाचन

स्थानीय तहको निर्वाचनमा भाग लिने दलको संख्या १०६

नेपालमा राजनीतिक दलहरुको संख्या १ सय ६ पुगेको छ । पछिल्लो समय स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका थप तीन दलसंगै सो संख्या पुगेको हो ।

पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । दल दर्ताका लागि फागुन ५ गतेदेखि दल दर्ता सुरु गरेको छ ।

आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी पालिकास्तरमा कार्यरत कर्मचारीलाई सोही पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गर्ने व्यवस्था गरेको छ ।

प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

त्यसै गरी मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेसन पनि आयोगबाट स्वीकृत भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.