राजनीति

जेलबाट रिहा भएपछि निवर्तमान सभामुख महराद्वारा आभार प्रकट

सङ्घीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गर्नुभएको छ ।

अदालतको आदेशसँगै डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सोमबार साँझ एक वक्तव्य जारी गर्दै उहाँले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको भन्दै आभार व्यक्त गर्नुएको हो ।

“यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्य, मित्र, मेरो पक्षमा वकालत गर्ने कानून व्यवसायी र राजनीतिक व्यक्तित्वप्रति आभार प्रकट गर्दछु”, महराद्वारा जारी वक्तव्यमा भनिएको छ ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता गौरवपूर्ण रहिरहने टिप्पणी गर्नुभएको छ । संसद् सचिवालयको कर्मचारी माथि दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गत असोज १४ गते पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.