जापान

कोरोना भाइरस परामर्शको नयाँ मापदण्ड घोषणा, सातजना अस्पताल भर्ना

जापान सरकारले कोरोना भाइरसबाट संक्रमित हुनसक्ने सम्भाविवत मानिसको स्वास्थ्य परामर्श तथा उपचारका लागि नयाँ मापदण्ड घोषणा गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले घोषणा गरेको मापदण्डमा यदि कोही पनि व्यक्तिको स्वास्थ्य अवस्था ठीक भए पनि कम्तिमा चारदिनसम्म ३७.५ डिग्रीभन्दा माथिको ज्वरो छ भने तुरुन्तै स्थानीय परामर्श केन्द्रमा सम्पर्क गर्न आव्हान गरिएको छ ।

यसै गरी अत्यधिक थकान, सास फेर्न अप्ठ्यारो हुने तथा ज्वरोको औषधि खाइरहेका व्यक्तिले पनि परामर्श केन्द्रमा सम्पर्क गर्न सुझाव दिइएको छ । मन्त्रालयले वृद्धवृद्धा, मधेमेहका बिरामी, मुटुरोगी तथा श्वास-प्रश्वासका बिरामी एवं क्यान्सरका औषधि सेवन गरिरहेकाहरु भाइरसको चपेटामा सजिलै आउनसक्ने भएकाले उनीहरुमा दुई दिनदेखि ज्वरो वा चिसोले सताएको छ भने तुरुन्तै चिकित्सकसंग सम्पर्क गर्न सुझाव दिएको छ ।

त्यसै गरी गर्भवती महिलाहरुले विशेष ध्यान दिन तथा कुनै शंका लागेमा परामर्शप्राप्त चिकित्सककोमा मात्रै जान मन्त्रालयले सुझाव दिएको छ । आफूलाई कुनै शंका लागेमा विद्यालय तथा काममा नजान तथा चिकित्सककहाँ जानुअघि शरीरको तापक्रमको रेकर्ड राख्न सुझाव दिइएको छ ।

चीनबाट फर्किएका सातजना अस्पताल भर्ना

यसैबीच जापान स्वास्थ्य मन्त्रालयले चीनबाट विमानमार्फत जापान ल्याइएकामध्ये सातजनालाई अस्पताल भर्ना गरिएको छ । चीनको वुहानबाट सोमबार विहान टोकियोको हानेदा विमानस्थलमा रहेका यात्रुमध्ये सातजनालाई अस्पताल भर्ना गरिएको हो । सो विमानमा ३६ जापानी, २९ चिनीया नागरिक रहेका थिए ।

विमानबाट उत्रेलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएकामा केही स्वास्थ्य समस्या रहका सातजनालाई अस्पताल लगिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.