राजनीति

आज पनि संसदमा टेबल नहुने भो एमसीसी, संसद भवन प्रहरीको घेरामा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विवादे राजधानी आन्दोलित छ भने सत्ता गठबन्धनभित्रै सहमति नजुटट्दा संसदबाट अनुमोदन गराउन टेबल नै हुन सकेको छैन ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियाग लगाउन नेपाली कांग्रेस सहमत भए एमसीसी संसदमा टेबल हुन दिने माओवादी केन्द्र र नेकपा समाजवादीको प्रतिबद्धा विपरीत उनीहरु अहिले बिरोधमा सडकमा उत्रेका छन् ।

संसद्मा टेबल गरेर पास वा फेल जे गरे पनि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा विपरीत प्रचण्ड र माधवकुमार नेपालले असहमति जनाएपछि एमसीसी आज पनि संसदमा टेबल नहुने भएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । संसद बैठक दिउँसो १ बजे बस्दै छ ।

कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको छैन । गत बुधबारको कार्यव्यवस्था बैठकमा जसपाका नेता अनुपस्थित रहे पनि आजको बैठकमा भने सहभागी छन् ।

यसबीच एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।

नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन परिसर भित्रै राखिएको पानीको फोहोरा हान्ने गाडी अहिले भने बाहिर निकालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.