राजनीति

नेपालमा अमेरिकी दवावको चीनले प्रतिरोध गर्ने

चीनले अमेरिकाले नेपालमा एमसीसी पारित गर्न अमेरिकाले दवाव दिइरहेको आरोप लगाउँदै धम्की कूटनीति सुरु गरेको र त्यसको चीनले प्रतिरोध गर्ने बताएको छ ।

शुक्रबार चिनीया विदेश मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसंग सहकार्यको नाममा धम्की कूटनीति सुरु गरको बताउनुभएको हो ।

चिनीया समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणमा छापिएको समाचारमा प्रवक्ता वाङले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने र नेपालले राष्ट्र तथा जनताको हितका लागि गरिएको सही छनोटमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिनुभयो ।

ग्लोबल टाइम्सको सो सम्बन्धी समाचारको पूर्ण विवरण हेर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.