राजनीति

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कार्यविधि–२०८२ पारित गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेद्वारी दिएकाहरुका विषयमा पनि छलफल भएको छ ।

बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक/समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.