राजनीति

संविधानले प्रत्याभूत गरेका के के कुरा जनताले पाए ?

यदि लुगा थोरै च्यातिएका बेला सिउन खोजिएन भने त्यो लुगा पुरै फाल्नुपर्ने अवस्था आउँछ

जनताको प्रतिनिधिहरुको थलो संविधानसभाबाट बनेको नेपालको संविधानले आधारभूत आवश्यकता र मौलिक हक अन्तर्गत, धेरै पक्षहरुलाई प्रत्याभूत गरेको छ । तर, संविधानले दिएका ती अधिकार जनताले कति पाए ? यसको उत्तर छैन ।

यसबीचमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरुबाट जनताले के के पाए भनेर पुनरावलोकन गर्नुपर्ने बेला भएको बताउनुभएको छ ।

आइतबार आफ्नै निवासमा वर्तमान स्थिति र संवैधानिक अवस्थामाथि बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

जनताको आय, जीवनस्तर, रोजगारी, सुरक्षा, न्यायको पहुँच र मुलुकमा बसिरहुँ भन्ने अनुभूति जगाउनमा वर्तमान संविधान जारी भएयता कुनै सुधार नभएको भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले मुलुक अहिले संसद अवरुद्ध गरेर चुनावको माग गर्ने विरोधाभासपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

उहाँले अहिले भैरहेका राजनीतिक गतिविधिले संविधानमाथि हाम्रो स्वामित्व कमजोर भइरहेको छ भन्ने देखाएकाले थास्थितिमा यो संविधान अगाडि बढ्न मुश्किल छ, तत्काल यसलाई जनता सापेक्ष बनाउन पनि पुनरावलोकन गर्नु जरुरी रहेको बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानले गर्न नसकेका कुराहरुमा अव पुनरावलोकन थाल्नुपर्ने सुझाव दिंदै भन्नुभयो ‘यदि लुगा थोरै च्यातिएका बेला सिउन खोजिएन भने त्यो लुगा पुरै फाल्नु पर्ने अवस्था आउँछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.