विश्व समाचार
चिनियाँ उपविदेश मन्त्री जापान जाँदै
चिनियाँ उपविदेश मन्त्री सुन वेइडोङले द्विपक्षीय सुरक्षा वार्ता र नियमित कूटनीतिक परामर्शका लागि फेब्रुअरी २१ मा जापानको भ्रमण गर्ने तयारी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार जानकारी दिनुभएको छ ।
दुवै देशको सहमति अनुसार सुनले १७ औँ चीन-जापान सुरक्षा वार्ता र २९ औँ नियमित कूटनीतिक परामर्श जापानी विदेश मामिलाका वरिष्ठ उपमन्त्री शिगेओ यामादासँग गर्ने प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा बताउनु भएको हो ।
दुई पक्षले चीन-जापान सम्बन्ध, रक्षा र सुरक्षा नीतिका साथै साझा सरोकारका अन्तरराष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा व्यापक र गहन विचार आदानप्रदान गर्नेछ पनि वाङले उल्लेख गर्नु भएको छ ।





प्रतिक्रिया राख्नुहोस्