कला/मनोरन्जनकलिउड

नम्रताले नर्सहरुबाट ‘मिस नेपाल पिस २०२४’ छान्ने

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । प्रतियोगितामा १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियट होटलमा आयोजितत एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताका विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुकासाथै विभिन्न पुरस्का समेत जित्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने अनुमान छ ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो ।

छनौट चरणमा छानिएका प्रतियोगिलाई संचार, कला, विकास, मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताउनुभयो ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उदेश्यले यो प्रतियोगिता बिगत आयोजना हुँदै आएको हो । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.