प्रबास

कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन आग्रह (विज्ञप्तिसहित)

चीनबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा बढ्दो मात्रामा फैलन थालेपछि त्यहाँ रहेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । पछिल्लो समय दैनिक दोब्बर संख्यामा कोरोना संक्रमित बढ्न थालेपछि सिओलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

शनिबारसम्ममा यहाँका चार सय बढी मानिस संक्रमित बनेका छन् । संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा वैदेशिक रोजगारीका क्रममा हजारौ नेपाली रहेका कारण नेपाली दूतावासले विज्ञप्ति जारी गरेर कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले कोरोना संक्रमणको शंका लागेमा सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच गर्न पनि नेपालीहरूलाई सुझाएको छ । अवैध रूपमा रहेका कामदारलाई पनि कोरिया सरकारले केही नगर्ने सहमति गरेकाले उपचारका लागि अस्पताल जान दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.