राजनीति

हरेक मन्त्रालययमा नीतिगत भ्रष्टाचार : छाया मन्त्रीले छानबिन गर्ने

सरकारको काम कारबाहीलाई नजिकबाट नियालेर गलत काममा खबरदारी गर्ने उद्देश्यका साथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया मन्त्रिपरिषद लामो समयसम्म निस्क्रिय रहेकाबेला तत्कालीन संचार मन्त्री गोकुल बाँस्कोटाको ७४ करोड कमिशनको अडियो बाहिरिएपछि पहिलो बैठक बसेको छ ।

हरेक मन्त्रालयका लागि एकएकजना छायाँ मन्त्री बनेका भए पनि यो मन्त्रिमण्डल निस्क्रिय रहेका बेला आइतबार बसेको पहिलो बैठकले कुन–कुन मन्त्रालयमा के–कस्ता खालका भ्रष्टाचार भइरहेका छन् भन्नेबारे अध्ययन गरेर सम्बन्धित छायाँ मन्त्रीहरुलाई रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

बैठकपछि राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भयानक छ । यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसले सरकारमाथि निगरानी गर्न भन्दै गत जेठ महिनामा छाया मन्त्रिपरिषद गठन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.