जापान

नागोयामा अन्तर्राष्ट्रियस्तरको नेपाली विद्यालय संचालन

जापानको आईची प्रिफेक्चरमा अवस्थित कासुगाई सिटीमा नेपाली भाषा र संस्कृतिको प्रबद्र्र्र्धनका साथै अंग्रेजी माध्यमका कक्षाहरु संचालन गर्ने मुख्य उद्देश्यले “तोकाई बाटिका इण्टरनेशनल” संचालनमा आएको छ ।

यही अप्रिल २०२२ बाट संचालनमा आएको सो स्कूलमा केजीदेखि कक्षा ६ सम्म शुरू गर्न लागिएको र प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षासम्म संचालन गर्ने लक्ष्य लिएको छ ।

विद्यालयका एक संचालकका अनुसार अन्तराष्ट्रिय स्तरका आधारभूत सम्पूर्ण सुविधाहरु अन्तर्गत पौडी पोखरी, इण्डोर स्पोर्ट्स हल, चौर, बाल उद्यान लगायत रहेको छ ।

उक्त विद्यालयको पाठ्यक्रम नेपाल सरकारको शिक्षा मन्त्रालयले तोके बमोजिम अंग्रेजी माध्यममा हुने गरी तयार पारिने छन् । विद्यालयको प्रिन्सिपलको रूपमा क्यानाडियन नागरिक विकहमलाई नियुक्ति गरिएको छ । यसै गरी विद्यालयमा बेलायती, जापानी, भारतीय तथा नेपाली शिक्षकहरु रहेका छन् ।

यस विद्यालय नेपालीका लागि मात्र नभएर विदेशी विद्यार्थीहरुको लागि पनि अध्ययन अध्यापनको सहज वातावरण बनाउने उद्देश्य रहेको छ ।

यहाँ अध्ययन पश्चात जापान तथा बाहिरको विश्वविद्यालयहरुमा अध्ययनको लागि चाहिने सम्पूर्ण उच्च गुणस्तरीय शिक्षा उपलब्ध गराउन दृढ रहेको स्कूलका प्रमुख संचालक एवं कासुगाईको चुवु युनिभर्सीटीमा लामो समयदेखि अध्यापन गर्दै आउनु भएका डा. सुदिप अधिकारीको छ।

उक्त विद्यालयलाई नेपालको शिक्षा मन्त्रालयबाट स्वीकृत लिने प्रक्रिया अगाडी बढाइएको जानकारी प्राप्त भएको छ साथै विद्यालयको सम्पुर्ण पाठ्यक्रम अंग्रेजी माध्यमबाट अध्यापन गर्ने गराइने भए तापनि जापानी भाषालाई पनि प्राथमिकतामा राखिएको अर्का संचालक एवं नागोया गाईकोकुगो युनिभर्सीटीका प्रोफेसर डा. विश्व राज कँडेलले जानकारी गराउनु भएको छ ।

आफ्ना बालबालिकालाइं अन्तर्राष्ट्रिय गुणस्तरमा नेपाली पाठ्यक्रमको अध्यापन गराउन चाहने अभिभावकहरुलाई आफ्नो बालबालिकाहरुलाई यथासक्य छिटो उक्त विद्यालयमा भर्ना गर्न अनुरोध गरिएको छ ।

 SIM मासिक बिल 310 ! – जापानमा सस्तो सिम

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.