राजनीति

“नयाँ समीकरण बनाएर भए पनि एमसीसी पास गर्नुपर्छ”

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी अनुदान सहयोग (एमसीसी)मा सत्ता गठबन्धन दलहरु विपक्षमा उभिने हो भने नयाँ समीकरण हुनुपर्ने बताउनुभएको छ ।

एमसीसी संसदमा टेबुल भएपछि गठबन्धनका मुख्य दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा भोट हाल्ने आधिकारिक घोषणा गरेपछि डा. भट्टराईले ट्वीट गर्दै एमसीसी पास गर्न दुई विकल्प अगाडि सार्दै उपरोक्त सुझाव दिनुभएको हो ।

डा. भट्टराईले दिनुभएको पहिलो विकल्पका रूपमा गठबन्धनमा रहेका सबै दलले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने रहेको छ भने दोस्रो विकल्पका रुपमा नयाँ समीकरण बन्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न । यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो ! अर्को बाटो छैन !”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button