राजनीति

एमसीसीको बिरोधमा दशौं हजार सडकमा, संसद बैठक स्थगित

प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएपछि यसको बिरोधमा संसद भवन क्षेत्र रहेको वानेश्वरमा दशौं हजार नागरिक सडकमा उत्रिएका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलका भ्रातृ संगठनले नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् ।

यसबीच स)सद बैठक स्थगित भएपछि एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीको बिरोधमा आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताउनुभएको छ ।

उहाँले सडक आवश्यकता बमोजिम तात्ने मात्र होइन बल्ने चेतावनी समेत दिनुभएको छ । एमसीसीमा मिल्ने सम्भावना नरहेको बताउनुभएका खनालले एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले यी दुइटा कहिल्यै नमिल्ने पनि बताउनुभयो ।

दलहरुबीच सहमति हुन नसक्नु र सडकमा जनप्रदर्शन बढ्दै गएपछि एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.