राजनीति

४५ वर्षको अल्पायुमै संसार छोडे तरुण दल अध्यक्ष गोपालले

४५ वर्षको उमेर, केही गरौं भन्ने सोच, जोश र अभियानमा सक्रिय रहेका नेपाल तरुण दल गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोपाल श्रेष्ठको सोमबार साँझ हृदयघातका कारण निधन भएको छ । स्थानीयकाबीच निकै सहयोगी र मिलनसार श्रेष्ठको निधनले सो क्षेत्रले एउटा नक्षत्र गुमाएको धेरैको प्रतिक्रिया छ ।

अचानक अस्वस्त भएपछि श्रेष्ठलाई घर नजिकै रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिए पनि उहाँको उपचारकै क्रममा निधन भएको हो । श्रेष्ठको सोमबार राती नै गोकर्णेश्वर स्थीत उत्तर बैनीमा अन्तिम दाहासंस्कार गरिएको थियो । उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाइएको थियो ।

काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले नगर अध्यक्ष श्रेष्ठको निधनले गोकर्णेश्वरले एउटा तारा गुमाएको बताउँदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

अन्ति संस्कारअघि श्रेष्ठको पार्थिब शरीरमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सभापति सन्तोष चालिसे, सचिव शान्ति नेपाल, नेपाल तरुण दलका काठमाडौं जिल्ला अध्यक्ष कृष्ण जी खड्का, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष एवम नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसीको उपस्थिति थियो ।

त्यसै गरी नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय प्रतिनिधि पुर्व जोरपाटी इकाई सभापति लालबहादुर लामा,नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर पालिका वडा नं ८ इकाइ कोषाध्यक्ष कृष्ण प्रसाद नेपाल र राजा तामाङ सहितका नेताहरूको उपस्थिति रहेको थियो ।

स्व. श्रेष्ठ जोरपाटी आत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा कार्यरत हुनुहुन्थ्यो । यसबीचमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन नेपाल मेडिकल कलेजले एक शोक वक्तव्य प्रकाशित गरी स्वय. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न अपील परेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.