खेलफूटबल

इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० पराजित गरेको हो भने म्यानचेस्टर सिटी बर्नेमाउथलाई ४-१ को फराकिलो अन्तरले हराएको हो ।

आर्सनल

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ४६ औं मिनेटमा ट्रासोर्डको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल आर्सनलले १-० ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण तीन अनक प्राप्त गर्यो ।

आर्सनल

त्यसअघि खेलको २७ औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोल गरेपनि भीएआरको माध्यमबाट उनको गोललाई अफसाइड देखाइएको थियो । जितसँगै आर्सनल २४ खेलमा ५७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने २४ अंक जोडेको लेस्टर सिटी १४ औं स्थानमा रहेको छ ।

त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-१ को फराकिलो अन्तरले हराएको छ । खेलको १५ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । यस्तै खेलको २९ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए ।

त्यस्तै ४५ औं मिनेटमा फिल फोडेनले गोल गर्दा म्यानचेस्टर सिटीलाई पहिलो हाफमा ३-० ले अघि रह्यो । म्यानचेस्टर सिटी यतिमा चुप लागेन खेलको ५१ औं मिनेटमा बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गर्दै म्यानचेस्टर सिटीलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा बर्नेमाउथका जेफरसन लेर्माले एक गोल गरेपनि त्यो ढिलो भइसकेको थियो र खेल म्यानचेस्टर सिटीले ४-१ ले जित्यो । जितसँगै सिटी २५ खेलमा ५५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने २१ अंक जोडेको बर्नेमाउथ १९ औं स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी

त्यसैगरी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नै शनिबार राति भएको अन्यले खेलमा लिभरपुल र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् भने वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ४-० ले लिड्सले साउथह्याम्पटनलाई १-० ले र एस्टन भिल्लाले एभर्टनलाई २-० ले पराजित गरेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.