क्रिकेटखेल

सुनुवाई हुँदै सन्दीपको मुद्दा : युएई जान पाउलान ?

नेपाली राष्ट्र्रिय क्रिकेटका लागि विश्वकपको ढोका खोल्ने पपुवा न्यूगिनी र युएई बिरुद्धको खेलमा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने अति मत्वपूर्ण खेलमा सहभागी हुन पाएनन् ।

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले विदेश जान रोक लगाएका कारण उनी युएई जान पाएनन् । शुक्रबार सर्वोच्च अदालतले यस विषयमा परेको दुबै निवेदनलाई एकसाथ पेश गर्न आदेश दिएपछि आज सुनुवाई हुँदैछ ।

उच्च अदालतबिरुद्ध सरकारले सर्वोच्चमा दिएका निवेदन सन्दीपले युएई भ्रमणमाा जान अनुमतिका लागि दिएको निवेदनलाई एकसाथ सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।

लामिछानेमाथि नाबालिकलाई बलात्कार गरेको आरोप विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ ।

त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो । सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै निवेदनमाथि सुनुवाइ हुन लागेको हो ।

शुक्रबार सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्चले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.