संसदमा शर्माको आक्रोश : सरकारप्रति विश्वास टुट्यो
सरकारले नेपाल ट्रस्टको सम्पत्ति विवरण र जग्गा भाडा प्रकरण उल्लेख गर्दै दुई दिनअघि सार्वजनिक गरेको श्वेतपत्रमा राख्नैपर्ने नाम नराखिएको र संलग्न नै भएका व्यक्तिको नाम राखिएको भन्दै आपत्रि जनाउने क्रम बढिरहेका बेला पूर्वमन्त्री शर्माले सरकारले ढाँटिरहेको भन्दै श्वेतपत्र अश्वेतपत्र जस्तो भयो भन्दै सरकारप्रति विश्वास गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ ,
बिहीबार प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै शर्माले नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेकोप्रति आपत्ति जनाउँदै भन्नुभयो-
“सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ । मैले मिडियाबाट थाहा पाएँ कि फलाना–फलानाहरु पनि जग्गा बेच्न लागे, लिजमा दिन लागे भनेर लेखियो । पढिसकेपछि तथ्य के होला भनेर खोज्नका लागि म नेपाल ट्रष्टको कार्यालयमा गएँ । ट्रष्टको कार्यालयमा माइन्युटमा के लेखिएको छ भनेर मैले हेर्न मागे । तर मलाई माइन्युट हेर्न दिइएन । निवेदन दिएर हेर्न पाउँ भन्दा पनि ताल्चा लगाइएको छ भन्दै मलाई हेर्न दिइएन । मैले त्यहाँका कर्मचारी साथीहरुसँग सोधेँ । मेरो नाम पनि आयो । म ट्रष्टको कार्यालयमा गृहमन्त्री हुँदा कहिले पनि पसेको थिइन । आज त आएँ । तर कसरी आयो मेरो नाम भनेर सोधें ।”
“कर्मचारीले त हामीले त उहाँको नाम छैन । उहाँले मिटिङ गर्नुभएको छैन भनेर भनेका थियौँ । उहाँको पालममा कुनै निर्णय भएको छैन भनेर भनेका थियौं भनेर भने । मैले यो कुरा मुख्य सचिवलाई पनि सोधेँ । मुख्य सचिवज्यू यो नाम कसरी लेखियो त । मैले त त्यस्तो कुनै निर्णयमा हस्ताक्षर गरेको जस्तो पनि लाग्दैन, त्यतिबेला गृह मन्त्रालयको सचिव त तपाईँ नै हुनुहुन्थ्यो । कतै झुक्किएर हस्ताक्षर पो गरिएछ कि भनेर सोधें । उहाँले यो सबै झूटा हो, हजुरको पालामा पनि भएन र अन्य माननीयको पालामा नि भएन भनेर उहाँले भन्नुभयो । अनि म आश्चर्यमा परें कि यो श्वेतपत्र हो कि अश्वेत पत्र हो ?”
“श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्यो, अश्वेत पत्र हो भने यसलाई मान्ने कुरा भयो । यहाँ के भनिएको छ भने २०७४ कात्तिक १३ गते निर्णय भएको भनेर मेरो नाम समेत त्यहाँ जोडिएको छ । त्यहाँ लेखिएको छ, ‘२०७४–७–१३ गते थामसेर्कु प्रालिको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन नेपाल ट्रष्टको संरक्षक सम्माननीय शेरबहादुर देउवा र गृहमन्त्री माननीय जनार्दन शर्मा भनिएको छ । यसैलाई आधार मानेर पत्रिकाहरुले, अनलाइनहरुले फलाना फलाना पनि सहभागी भएको भन्दै समाचार लेखे ।”
उनको आक्रोश अझ बढी चुलियो । उनले अगाडि थपे, ‘यो कुरा मैले अन्त पनि हेरें ।अस्तिभर्खर भएको निर्णयमा पनि हेरें । त्यहाँ पनि यसरी नाम र मिति लेखिएको छ कि भनेर हेरें । नयाँ निर्णयमा नाम लेखिएको छैन तर यति यति मितिमा फलानो रिसोर्ट लगायतको विषयमा निर्णय भएको मात्रै लेखिएको छ । त्यहाँ नाम छैन ।”
“नाम कहीँ लेख्नु नपर्ने र कहीँ लेख्नुपर्ने किन रु लेख्नुपर्दा पनि किन यसरी लेखिन्छ रुम कात्तिक १३ गते होइन, असोज ३० गतेबाट गृहमान्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैले पत्रकार सम्मेलन पनि गरेँ र मलाई बिना विभागीय मन्त्री बनाइयो । त्यसपछि म गृहमन्त्री हुने कुरै भएन । तर जब कर्मचारीले उहाँ होइन हजुर भन्दाभन्दै पनि मेरा नाम किन लेखियो र लेख्नुपर्ने मान्छेका नाम किन लेखिएन रु त्यसकारण यो श्वेतपत्र नभएर अश्वेतपत्र हो भन्ने मलाई लागेको छ । त्यसकारण सरकारलाई कसरी विश्वास गर्ने सभामुख महोदय, विश्वासको संकट पर्यो यहाँ । विश्वासको संकट हुने गरी यहाँ विषयहरु किन राखियो, किन लेखियो रु लेख्ने ठाउँमा नाम नलेख्ने र नलेख्ने ठाउँमा नाम लेख्ने रु त्यतिबेला म गृहमन्त्री नै छैन । अनि नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने कुराहरु किन गरियो रु कर्मचारी तथा मुख्य सचिवले गलत छ भन्दाभन्दै नामहरु किन लेखियो रु त्यसकारण मलाई शंका उत्पन्न भयो सभामुख महोदय, यसको मलाई जवाफ चाहिन्छ । विश्वासको संकट पर्यो ।”
“सकारात्मक रुपले सहयोग र समर्थन गरिरहेको आफ्नै पार्टीको सरकारलाई मद्दत गर्दागर्दै यी विषयहरु लेख्नुको तात्पर्य के रु भ्रष्टाचारको अन्त्य हुनैपर्छ । ट्रष्टबाट बाँडिएका सबै कुराहरु फिर्ता ल्याउनुपर्छ र नयाँ ढङ्गले अगाड बढ्नुपर्छ । ऐन कानूनको दुरुपयोग भएको छ, त्यसलाई सच्याउनुपर्छ । मेरो माग छ र म जवाफ चाहन्छु, रक्षा मन्त्री र प्रधानमन्त्री ज्यूबाट। सरकारबाट म यसको जवाफ चाहन्छु ।”
प्रतिक्रिया राख्नुहोस्