प्रहरी सामु आफैं उपस्थित हुने पलको घोषणा
एक नाबालिक गायिकाले आफूलाई प्रलोभनमा पारेर करणी गरेको आरोप प्रहरीमा किटानी जाहेरी दिएपछि फरार रहेका भनिएका नायक पल शाह आज (आइतबार) प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् ।

आइतबार पलले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । शाहबिरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा जवर्जस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन् ।
लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । शाहले तत्काल प्रहरीमा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै प्रहरीसामु उपस्थित हुने जानकारी दिएका हुन् ।
उनले लेखेका छन्- “मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु” ।
प्रतिक्रिया राख्नुहोस्